काठमाडौ । हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार बिडारीको ३५ हजार ९८० कित्ता रहेको छ। बिक्रीमा…