काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।…