काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४६.६९ अंकले बढेर दुई हजार ६९२.०५ बिन्दुमा बजार बन्द भएको छ । आज सेन्सेटिभ इन्डेक्स ८.३३ अंक, फ्लट इन्डेक्स ३.३७ र सेन्सेटिभ फ्लट इन्डेक्स २.९० अंकले बढेको छ । आज २२१ कम्पनीको शेयरमूल्य बढेकोमा १७ कम्पनीको शेयरमा भने गिरावट आएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३४…