काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको दाबी गरेका छन् । हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमतिअनुसार आयोगको समेत घोषणा भइसकेको बताए । उनले भने, ‘देशमा भइरहेको सुन तस्करीको घटनामा सीआईबीले छानबिन गरेर एउटा हदसम्म सफल बनाएर अदालतमा…