काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने गिरोहमा संलग्न रहेका आरोपमा पक्राउ परेका १६ जना अभियुक्त पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलाशले सबै प्रतिवादीहरुलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । अदालतको आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र…