काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ। काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो । गत १ साउनदेखि सञ्चालन भइरहेको महोत्सवमा मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो। महानगरपालिकासँग…