काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ । टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका…