विराटनगर । विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् । भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र…