Logo

‘अस्थायी आवास बनाउँदा दलका स्वयंसेवककाे स्थानीय तहसँग समन्वय भएन’

काठमाडौं। भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा खटिएका राजनीतिक दलका स्वयंसेवकको स्थानीय सरकारसँग समन्वय नभएको संसदीय अध्ययन समितिले बताएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्प प्रभावित क्षेत्रमै पुगेर स्थलगत अनुगमन गरेको थियो । स्थलगत अनुगमन र सरोकारवालासँगको कुराकानीमा समितिले पार्टीका स्वयंसेवकलाई समन्वयात्मक रुपमा खटाउन नसकेको उल्लेख गरेको छ…