काठमाडौँ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य शशी कुमार शर्माको नियुक्ति नियमविपरीत रहेको पाइएको छ । २०७७ साल चैत २३ गते मन्त्रिपरिषदले शर्मालाई समितिको बोर्ड सदस्यमा नियुक्त गरेको थियो । तर समितिको गठन आदेशमा भएको व्यवस्था विपरीत शर्माको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएपछि यो विषय बाहिरिएको हो ।…