काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई समात्न ललितपुरमा गोली चलाएको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय,बानेश्वरबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारी उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि राईलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो । सो क्रममा…