काठमाडौं । नेपाल प्रहरीले मातहतका विभिन्न पदमा कार्यरत २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सूचना निकालेको छ । बेरोजगारीले देश छोड्नेको लर्को छ । तर प्रहरीमा जागिर भएर पनि यी २४ जना भने जागिर छोडेर सम्पर्कविहीन छन् । बुधबार प्रहरी प्रधान कार्यालयले लामो समयदेखि हाजिर नभएर सम्पर्कविहीन रहेका २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन ताकेता गरेको…