काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जनसहित पारित गरेको छ । समितिको बिहीबारको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक २०७६ पारित गरेको हो । विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।…