Logo

एक्कासी कीभको सडकमा बेलायती प्रधानमन्त्री जोन्सन निस्किएपछि… (तस्बिरहरु)

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार युद्वग्रस्त मुलुक युक्रेन पुगेका छन् । जोन्सन सुटुक्क युक्रेनी राजधानी कीभ पुगेका हुन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुगेका बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।​​ जोन्सन र युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच छलफल पनि भएको थियो । जोन्सनले कीभका सडकमा निस्किएर त्यहाँको अवस्थाको निरीक्षण पनि गरेका थिए…