काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए…