Logo

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रस्तुत गरिने आर्थिक वर्षको बजेट स्वीकृत गर्नका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन् । मन्त्रिपरिषद् बैठकबाट स्वीकृती प्राप्त भएपछि अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।