Logo

सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री वेइडोङ आज नेपाल आउने

काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै छन् । भोलिबाट (मंगलबार) काठमाडौंमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् । बैठकमा दुई…