Logo

प्रधानमन्त्री देउवा पुगे बनारस

काठमाडौं । तीनदिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज अन्तिम दिन बनारस पुगेका छन् । आज बिहान एअर इन्डियाको जहाजबाट देउवा बनारस पुगेका हुन् । देउवालाई उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे । प्रधानमन्त्री देउवाले बनारसको मन्दिरमा पुजा गर्ने कार्यक्रम राखिएको छ । देउवा आजै स्वदेश फर्कनेछन् ।