काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शनिबार काठमाडौंको बसन्तपुर दरबारस्थित हनुमानढोका संग्रहालय प्राङ्गणमा आयोजित एक विशेष समारोहमा ‘सत्सङ्गदीक्षा’ पुस्तकको नेपाली संस्करण लोकार्पण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत हनुमानढोका दरबार संग्रहालय विकास समिति र स्वामिनारायण सेवा संस्था नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले पुस्तकमा समेटिएको शिक्षाले नेपाली समाजका लागि…