काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको…