काठमाडौं । काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ । सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्व–विवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेको थियो । महानगरको अनुसन्धान प्रतिवेदन आयोगलाई हस्तान्तरण आईतबार दिउँसो काठमाडौं महानगरपालिकाको बाल कल्याण अधिकारी सहितको टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय…