काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेका कारण देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको हो । कोसी, मधेस,…