काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नलिने भन्दै मन्त्रालयको गाडी पनि कामबाहेक अन्त प्रयोग नगर्ने बताएका…