काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र…