पर्यटकीय सुन्दर नगरी पोखरा स्थित फेवातालको बिचमा रहेको तालबराही मन्दिरमा हरेक बेलुकी आरती हुने गरेको छ । हिन्दु धर्माबलम्बीहरुको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् । काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती हेर्न भक्तजनहरुको सहभागिता उतिकै देखिन्छ । तस्बिर : सबिन सुनार \नेपाल न्यूज बैंक