काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निर्णय हुने जनाइएको छ । सपा नेपालबाट पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।…