काठमाडौं । सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो । चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो । नेपालले दिएको एकसय सात रनको लक्ष्य…