रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ । रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको…