सर्लाही । गौर घटनाको छानबिनका नाममा सर्वोच्च अदालतले दिएको परमादेशलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जालझेलपूर्ण’ भन्दै सर्लाहीमा सोमबार विरोध प्रदर्शन गरेको छ । विरोधमा सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले मानवअधिकार संस्थाहरू—विशेषगरी इन्सेक—ले सार्वजनिक गरेको प्रतिवेदनलाई सर्वोच्चले बेवास्ता गरेको भन्दै मधेशी जनताको संघर्षप्रति…