काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा गम्भीर समस्यामा पर्ने गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार विभागले आयोजना गरेको वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यी गम्भीर समस्या चिर्न अब ढिला गर्न नहुने बताएका…