रौतहट । निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा पुगेको छ । बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ । बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरु उच्च सतर्कता अपनाउनु पनि प्रहरीले अनुरोध गरेको छ…