विराटनगर । अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ । केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन् । शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरूमा पानी पसेको हो । स्थानीय प्रशासनका अनुसार अहिलेसम्म कुनै जनहानी नभए पनि करिब…