काठमाडौं । धनुषाको कमलामाई नगरपालिकास्थित मुस्लिमहरुको धार्मिक स्थल मस्जिदमा तोडफोड र धार्मिक ग्रन्थ कुरान जलाइएको विषयलाई लिएर धार्मिक अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै धार्मिक अभियन्ताहरुले समाजमा धार्मिक सहिष्णुता कायम राख्न र त्यस प्रकारका आपराधिक गतिविधिमा संलग्न भएकाहरुलाई कारबाही गर्न माग गरेका हुन् । मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष…