काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभामा राप्रपा सांसद कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयमा बोलेको भन्दै नियमापत्ति जनाएका हुन् । ‘कस्ता सदस्य भनेको रेकर्डबाट हटाउनुपर्छ । मण्डलेतन्त्रविरूद्ध लडेर…