काठमाडौँ । नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले तयार गरिएको ‘कनेक्ट किसान’ एपको एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली औपचारिक रूपमा प्रस्तुत गरिएको छ। एआई र डिजिटल प्रविधिमा आधारित कृषि रूपान्तरणलाई प्रोत्साहन गर्न आयोजित ‘ए²–एग्री एण्ड एआई इनोभेसन स्टोरीटेलिङ’ नामक दुईदिने कार्यक्रममा उक्त प्रणाली प्रस्तुत गरिएको हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), खुमलटारमा…