भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षको मूल्याङ्कन सार्वजनिक गर्दै भक्तपुर अस्पताललाई पुनः प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गरेको छ । प्रदेशभरिका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरुको समग्र सूचकांकका आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताल शीर्ष स्थानमा परेको मन्त्रालयले जानकारी गराएको हो । मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार सेवा–सुविधा, कार्यसम्पादन, व्यवस्थापन,…