काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । उनी दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो वरीयतामा…