काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहमति अनुसार राष्ट्रले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिइसकेको…