काठमाडौं । पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ । यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजोआज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या…