काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जित हात पारेको छ । क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन् । उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् । यहाँ गठबन्धनकी उम्मेदवार माओवादी…