काठमाडौं । राष्ट्रपति चुनावको विषयलाई लिएर सत्ता गठबन्धन संकटोन्मुख देखिएको छ । बुधबारदेखि शुरु भएको दलका शिर्ष नेताहरुको दौडधुप बिहिबार दिनभर तिव्र बनेको थियो । बिहिबार मात्रै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा सहभागी नभएका दलका नेताहरुसँग निरन्तर छलफल गरेका थिए । बिहिबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रधानमन्त्री दाहालले दिउँसो…