काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै आपत्ति जनाएको छ । काठमाडौंका मेयर शाहको निर्देशनमा तीन दिनदेखि सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन रोकिएका विषयमा मंगलबारको मन्त्रिपरिषद् बैठकमा बालेनको अभिव्यक्ति र फोहोर रोक्ने कदमबारे छलफल भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक…