काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले भ्रष्टाचारीलाई कानुन व्यवसायी लागि परेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने भ्रष्टाचारीहरुलाई बचाउनका लागि १२० जना कालोकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाएर भ्रष्टाचारी उम्काउन खोजेको आरोप लगाएका हुन् । ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने…