काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटको पेशी स्थगित गरिएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पूरा नहुँदै निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले सर्वोच्च अदालतमा दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो । चौरसियाले फागुन १३ गते रिट दर्ता…