Logo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको हो । बैठकमा आगामी निर्वाचनको तयारी, गठबन्धनमा भागबण्डा गर्दा पार्टीले राख्नुपर्ने सिट, जनप्रतिनिधिको भेलालगायत विषयमा छलफल हुने बताइएको छ । गठबन्धन दलबीच सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरिएको छ ।