काठमाडौं । मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा…