काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको दोस्रो विशेष महाधिवेशनले पदभन्दा माथि उठेर कांग्रेस परिवर्तनको स्पष्ट सन्देश दिनुपर्ने बताएका छन्। मंगलबार साँझ विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले बन्दसत्रमा उठेका सबै सुझाव समेटेर पार्टीको दृष्टिकोण दस्तावेजलाई अझ परिमार्जन र परिपक्व बनाएर पारित गरिने प्रतिबद्धता व्यक्त गरे। उनले महाधिवेशन प्रतिनिधिहरूका सुझाव मात्र नभई पार्टी…