काठमाडौं । नेपाली लघु फिल्म 'जुन्को' इटलीको टोरिनो फिल्म फेस्टिभलमा छानिएको छ । मिन्सो लिम्बूको लेखन तथा निर्देशनमा बनेको यो फिल्म नोभेम्बर २६ तारिखदेखि सुरु भएर डिसेम्बर ४ सम्म चल्ने इटलीको भेनिसपछिको सबैभन्दा ठूलो फेस्टिभल मानिने टोरिनो फिल्म फेस्टिभलमा छानिएको हो ।फिल्ममा गरिमा सिंह र सरिता गिरीको मुख्य भूमिका रहेको छ । सिमल सिनेमाका लागि प्रेमप्रसाद अधिकारीले निर्माण गरेको…