बाजुरा । बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ । धान रोपाइँ जेठ दोस्रो साताबाट सुरु भएको हो। तर, लामो समयसम्म खडेरी परेपछि अधिकांश ठाउँमा रोपाइँ ढिलो भएको थियो…