विराटनगर – कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकार र प्रहरीले सोमबार विराटनगरमा घम्साघम्सी भएको छ। संसदीय पत्रकारहरूले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिहरू परिसरबाहिर विरोध प्रदर्शन गर्दै थिए। सोही क्रममा प्रहरी र पत्रकारबीच झडप भएको हो। विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई…