काठमाडौं । सरकार गठन भएको झण्डै दुई महिनापछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् । एमाले समेतको समर्थनमा सरकार निर्माण गरेका कार्कीले अहिले भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका हुन् । कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् ।…