विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार मोटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय राजश्व अध्ययन कार्यदलको बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै मोटाउने कर प्रणाली भएको भन्दै आपत्ति जनाए । ‘संविधानमा प्रदेश सरकारलाई एउटा मात्रै कृषि कर…